लूका 10:21-24

लूका 10:21-24 NNRV

त्‍यही बेला येशू पवित्र आत्‍मामा उल्‍लसित हुनुभयो, र भन्‍नुभयो, “हे पिता, स्‍वर्ग र पृथ्‍वीका परमप्रभु, म तपाईंमा धन्‍यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान्‌ र समझदारबाट गुप्‍त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्‍यो। “मेरा पिताले सबै थोक मलाई सुम्‍पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्‍दैन। पिता को हुनुहुन्‍छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्‍छा गर्दछ, त्‍यसले बाहेक अरू कसैले जान्‍दैन।” चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌। किनकि म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्‍तछौ, ती देख्‍ने इच्‍छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्‍दछौ ती सुन्‍ने इच्‍छा गरेका थिए, तर सुनेनन्‌।”