लूका 10:13-16

लूका 10:13-16 NNRV

“धिक्‍कार तँलाई, खोराजीन! धिक्‍कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्‍यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्‌ग्रा लाएर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए। तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ। अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌। “जसले तिमीहरूका कुरा सुन्‍छ, त्‍यसले मेरो कुरा सुन्‍छ। जसले तिमीहरूलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई अस्‍वीकार गर्दछ, र जसले मलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई पठाउनुहुनेलाई अस्‍वीकार गर्दछ।”