यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्। जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु। न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। “जुन घरमा पस्छौ पहिले भन, ‘यस घरलाई शान्ति होस्!’ यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़। “जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ, त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’ तर जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सड़कहरूमा जाओ, र भन, ‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौं। तापनि यो जान, कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’ म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदोमको हालत सहनीय हुनेछ।
लूका 10 पढ्नुहोस्
सुन्नुहोस् लूका 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू