जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू। तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए।
लूका 1 पढ्नुहोस्
सुन्नुहोस् लूका 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:8-23
24 Days
The birth of Christ, His advent, marks God's ultimate plan for our redemption. In Christ, we see the fullest picture of God's hope, peace, joy and love. God's Word is the truth by which we know and walk with Him daily. It is our hope that this guide will encourage and facilitate personal time spent in the Word and provide a resource for families with children to do that together.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू