लूका 1:5-10

लूका 1:5-10 NNRV

यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे। तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो। जब जकरिया परमेश्‍वरको सामुन्‍ने आफ्‍ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्‍दा परमप्रभुको मन्‍दिरभित्र पसेर धूप बाल्‍ने काम जकरियालाई पर्‍यो। धूप बाल्‍ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।