लूका 1:39-47

लूका 1:39-47 NNRV

ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्, र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्‌। जब एलीशिबाले मरियमको अभिवादन सुनिन्‌ तब तिनको गर्भमा बालक उफ्‍र्‍यो, र एलीशिबा पवित्र आत्‍माले भरिपूर्ण भइन्, र एलीशिबाले चर्को सोरले भनिन्, “स्‍त्रीहरूमा तिमी धन्‍यकी हौ, र तिम्रो गर्भको फल धन्‍यको हो। ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌। किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्‍दले उफ्‍र्‍यो। तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।” अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्‍मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ।

लूका 1:39-47 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति