लूका 1:31-38

लूका 1:31-38 NNRV

अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।” मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।” स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌। किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।

लूका 1:31-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति