लूका 1:18-23

लूका 1:18-23 NNRV

तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्‍दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्‍त भएपछि तिनी आफ्‍नो घर गए।