लूका 1:18-20

लूका 1:18-20 NNRV

तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।”