लूका 1:11-13

लूका 1:11-13 NNRV

परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू।