लूका 1:1-7

लूका 1:1-7 NNRV

हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्‍नो हातमा लिएका छन्‌। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्‍यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्‍पिदिए। माननीय थियोफिलस, मैले आरम्‍भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्‍ति क्रमैअनुसारको एउटा विवरण लेख्‍न मलाई असल लाग्‍यो, ताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌। यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे। तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो।