म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ, र रोपाइँको समयसम्मै दाख बटुल्नेछौ। तिमीहरूलाई खानु-पिउनुमा दु:ख हुनेछैन, र देशमा तिमीहरू निर्धक्क हुनेछौ। “‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्। “‘म तिमीहरूमाथि निगाह राख्नेछु, र तिमीहरूलाई फल्दो-फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ।
लेवीहरू 26 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 26:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू