लेवीहरू 26:11-13

लेवीहरू 26:11-13 NNRV

तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। म तिमीहरूका बीचमा हिँड़डुल गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु, अनि तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।