लेवीहरू 25:23-28

लेवीहरू 25:23-28 NNRV

“‘जमिन सधैँको निम्‍ति नबेच्‍नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ। तिमीहरूको अधिकारमा आएको जग्‍गाजमिन फेरि निखन्‍न दिनू। “‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्‍ये कसैले आफ्‍नो जग्‍गाजमिनको कुनै हिस्‍सा बेच्‍नुपर्‍यो भने, त्‍यसको नजिकको आफन्‍त आएर त्‍यो निखनोस्‌। तर कसैको यसरी निखनिदिने कोही छैन र त्‍यो आफै पछि धनी भएर निखन्‍न सक्‍छ भने, त्‍यसले त्‍यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्‍यस बाँकी वर्षका उब्‍जनीको दाम फर्काइदेओस्‌। अनि त्‍यो आफ्‍नो जमिनमा फर्कोस्‌। तर आफैले उकास्‍ने त्‍यसको औकात पुगेन भने पुनर्स्‍थापनको वर्षसम्‍म किन्‍नेकै हातमा त्‍यो जमिन रहनेछ। अनि पुनर्स्‍थापनको वर्षमा त्‍यो फिर्ता गरिओस्‌। त्‍यसपछि त्‍यो मानिसचाहिँ आफ्‍नो जग्‍गाजमिनमा जान सक्‍छ।