लेवीहरू 25:17-19

लेवीहरू 25:17-19 NNRV

तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्‍यस देशमा सुरक्षित रहनेछौ। भूमिले आफ्‍नो उब्‍जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्‍क बस्‍न पाउनेछौ।