परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्ति एउटा शबाथ मनाओस्। छ वर्ष आफ्नो खेत रोप्नू। छ वर्ष आफ्ना दाखबारीहरू छिँवल्नू, र तिनका फलहरू बटुल्नू। तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्— परमप्रभुको निम्ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्नू, दाखबारी नछिँवल्नू, तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्नू, नछिँवलेको बोटका दाखहरू जम्मा नगर्नू। भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्। त्यस भूमिले विश्रामको वर्षमा दिएको उब्जनी नै तिमीहरूका निम्ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी, तिमीहरूका गाईबस्तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्यस वर्षमा देशको सबै उब्जनी खाए पनि हुन्छ।
लेवीहरू 25 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 25:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू