लेवीहरू 20:1-8

लेवीहरू 20:1-8 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसित वास गर्ने परदेशीहरू जसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँछ त्‍यो मारिनैपर्छ। समुदायका मानिसहरूले त्‍यसलाई ढुङ्गाले हानून्‌। त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्‍थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु। त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्‍यस मानिसलाई नमारेर नदेखेका जस्‍तो गरे भने, म त्‍यस मानिस र त्‍यसको परिवारको विरोध गर्नेछु, र त्‍यसलाई र त्‍यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्‍यासमान बनाउने सबैलाई आफ्‍ना मानिसहरूबाट म बहिष्‍कार गरिदिनेछु। “‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु। “‘आफैलाई ममा अर्पण गरेर पवित्र होओ। किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।