“‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ। यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ। “‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्। किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। यसैकारण मैले इस्राएलीहरूलाई भनेको छु: “कुनै जीवधारीको रगत तिमीहरूले नखानू, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। त्यो खाने जोसुकै पनि बहिष्कार गरिनेछ।” “‘स्वदेशी होस् वा परदेशी होस् जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। तर त्यसले लुगा धोएन र आफै पनि नुहाएन भने त्यसको लागि त्यो आफै उत्तरदायी हुनेछ’।”
लेवीहरू 17 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 17:10-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू