लेवीहरू 17:1-9

लेवीहरू 17:1-9 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून, त्‍यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्‌: ‘परमप्रभुले आज्ञा गर्नुभएको यही हो: इस्राएलीहरूमा जसले छाउनीभित्र वा बाहिर साँढ़े, भेड़ाका पाठा कि बाख्रा जे मार्ला, र भेट हुने पालको ढोकामा परमप्रभुका पवित्र वासस्‍थानको सामुन्‍ने बलि चढ़ाउनलाई ल्‍याउँदैन, त्‍यस मानिसलाई रगतको दोष लागोस्‌। त्‍यसले रगत बगाएको छ। त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कृत होस्‌। यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्‍ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्‌। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्‍याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ। पूजाहारीले त्‍यो रगतचाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कून्, र बोसोचाहिँ परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई जलाऊन्‌। तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्‍ना बलिदानले आफैलाई वेश्‍या नबनाऊन्‌। तिनीहरू र तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।’ “तैंले तिनीहरूलाई भन्‌: ‘इस्राएलीहरू अथवा तिनीहरूसँग वास गर्ने परदेशीहरूले होमबलि वा बलिदान चढ़ाउँदा जसले त्‍यो परमप्रभुको निम्‍ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्‍याउँदैन, त्‍यो मानिस आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।