विलाप 1:7-8

विलाप 1:7-8 NNRV

यरूशलेमले आफ्‍ना दु:ख र सङ्कष्‍टका दिनमा उहिले भएका आफ्‍ना सबै बहुमूल्‍य कुराहरूको सम्‍झना गर्छ। जब त्‍यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्‍यसलाई सहायता गर्ने कोही पनि थिएन, त्‍यसका शत्रुहरूले त्‍यसलाई हेरे, र त्‍यसको विनाशमा ठट्टा गरे। यरूशलेमले घोर पाप गर्‍यो, यसैले त्‍यो अशुद्ध भएको छ। त्‍यसलाई मान गर्ने सबैले त्‍यसलाई तुच्‍छ ठान्‍दछन्, किनभने तिनीहरूले त्‍यसको नग्‍नता देखेका छन्‌। त्‍यो आफै सुस्‍केरा मार्छ र मुख फर्काउँछ।