तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्, किनकि म त्यो तेरो हातमा दिनेछु।” तब यहोशूले आफ्नो हातमा भएको भाला सहरतिर पसारे। तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्ने मानिसहरू झट्टै आ-आफ्नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्यो कब्जा गरे, र तुरुन्तै त्यसमा आगो लगाए। जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्ने मौका नै रहेन, किनभने उजाड़-स्थानतिर भाग्ने इस्राएलीहरू खेद्नेहरूतिर फर्केर जाइलागे। किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धूवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे। उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्कन र बाँच्न नदिई मारे। तर ऐका राजालाई तिनीहरूले जीवितै समातेर यहोशूकहाँ ल्याए। इस्राएलीहरूले ऐका सबै बासिन्दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्यसमा भएकाहरूलाई पनि नाश गरे। त्यस दिन मारिएका पुरुष र स्त्री दुवै गरी जम्मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्यत्ति नै थिए। किनकि यहोशूले ऐका सारा बासिन्दाहरू नाश नभएसम्म आफूले भाला समातेर पसारेको हात बिसाएनन्। तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्नै निम्ति लिए। यसरी यहोशूले ऐलाई जलाएर ध्वंसको रास बनाइदिए, जो आजसम्म छँदैछ। अनि तिनले ऐका राजालाई साँझसम्म एउटा रूखमा झुण्ड्याइराखे र सूर्यास्त हुँदा यहोशूको आज्ञाबमोजिम तिनीहरूले त्यसको लाश रूखबाट तल झारेर सहरको ढोकाभित्र पस्ने ठाउँमा फालिदिए, र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्मै छ।
यहोशू 8 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 8:18-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू