यहोशू 7:1-3

यहोशू 7:1-3 NNRV

तर नाशको निम्‍ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्‍ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्‍यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्‍छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्‌। सबै जनालाई त्‍यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्‍यहाँकाहरू थोरै मात्र छन्‌।”