यहोशू 4:19-24

यहोशू 4:19-24 NNRV

पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्‍लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्‍ने ठाउँमा आफ्‍नो छाउनी बनाए। तिनीहरूले यर्दन नदीबाट निकालेर ल्‍याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे। अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्‍चाले आफ्‍ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने, तिमीहरूले आफ्‍ना बालबच्‍चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्‍खा जमिनमा टेकेर तरेका थिए’। जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले लाल समुद्रलाई हामीले पार नगरुञ्‍जेल हाम्रा सामुन्‍ने सुकाउनुभएको थियो, त्‍यसरी नै तिमीहरूका सामुन्‍ने तिमीहरू पार नगरुञ्‍जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो। पृथ्‍वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्‍य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मान भन्‍ने ध्‍येयले यो सब भएको हो।”