यी कुरापछि परमप्रभुका दास, नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे। अनि तिनीहरूले तिनलाई गाश डाँड़ाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको तिम्नथ-सेरह तिनको आफ्नै अधिकारको साँधभित्र गाड़े। यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्म-गुरुहरूका जीवनभरि पनि इस्राएलीहरूले परमप्रभुकै सेवा गरे। इस्राएलीहरूले मिश्रदेशबाट ल्याएका योसेफका अस्थि शकेमका बुबा हमोरका छोराहरूसित याकूबले एक सय चाँदीका टुक्रामा शकेममा किनेको एक टुक्रा जग्गामा गाड़े। त्यो ठाउँ योसेफका सन्तानको अधिकारमा पर्यो। अनि हारूनका छोरा एलाजार पनि मरे, र तिनका छोरा पीनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिबामा तिनीहरूले तिनलाई गाड़े।
यहोशू 24 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 24:29-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू