यहोशू 24:14-15

यहोशू 24:14-15 NNRV

“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्‍वस्‍ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्‍याँक, र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”