यहोशू 21:43-45

यहोशू 21:43-45 NNRV

यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्‍छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्‍यो आफ्‍नो अधिकारमा लिएर त्‍यसमा बसे। अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्‍ये एक जना पनि तिनीहरूका सामुन्‍ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्‍पिदिनुभयो। परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।