यसकारण अब म तपाईंहरूलाई बिन्ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्, कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्युबाट बचाउनुहुनेछ।” ती मानिसहरूले त्यसलाई आश्वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौं।” तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो। त्यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुञ्जेल तीन दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोला।” ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन। हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्यही झ्यालमा यो रातो डोरी बाँधिराख्नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ। जो तिम्रो घरबाट बाहिर सड़कमा निस्कन्छ त्यसको रगत त्यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्यसमाथि कसैको हात पर्यो भने त्यसको रगत हाम्रो शिरमा पर्नेछ। तर तिमीले हाम्रो यो कुरा प्रकट गर्यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्वतन्त्र हुनेछौं।” त्यसले भनी, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस्।” अनि त्यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी।
यहोशू 2 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 2:12-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू