तर यहोशूले रूबेनी, गादी र मनश्शेको आधा कुललाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात् ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्ने वचन सम्झ। तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाईबस्तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ। अनि जबसम्म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्नेछैनन् तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ।” अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं। जसरी हामीले मोशाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईंलाई पनि मान्नेछौं। परमप्रभु तपाईंका परमेश्वर जसरी मोशाका साथमा हुनुहुन्थ्यो, त्यसरी तपाईंका साथमा पनि रहून्। तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
यहोशू 1 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 1:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू