योना 1:4-7

योना 1:4-7 NNRV

तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्‍तो प्रचण्‍ड आँधी चल्‍यो कि त्‍यसले जहाजलाई नष्‍ट गर्लाजस्‍तै भयो। सबै नावीकहरू डराए, र प्रत्‍येकले आफ्‍नो देवताको पुकारा गर्‍यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्‍यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, र त्‍यहाँ तिनी भुसुक्‍क निदाए। जहाजका कप्‍तान तिनीकहाँ आएर भने, “कसरी सुत्‍न सकेको! उठेर तिम्रा परमेश्‍वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्‍याल राख्‍नुहुनेछ र हामी नष्‍ट हुनेछैनौं।” तब नावीकहरूले आपसमा भन्‍न लागे, “आओ, यस आपत्तिको जिम्‍मावार को रहेछ, सो जान्‍नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्‍यो।