अय्‍यूब 28:20-28

अय्‍यूब 28:20-28 NNRV

“तब बुद्धि कहाँबाट आउँछ? र समझशक्तिको मूल कहाँ छ? संसारको कुनै जीवित प्राणीले त्‍यो देख्‍न सक्‍दैन, आकाशको पक्षीबाट पनि त्‍यो लुकाइएको हुन्‍छ। विनाश र मृत्‍युले भन्‍दछन्, ‘हामीले ता सुनेका मात्र हौं’। परमेश्‍वरले त्‍यसको चाल बुझ्‍नुहुन्‍छ, उहाँले मात्र त्‍यो कहाँ बस्‍छ जान्‍नुहुन्‍छ। किनभने उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍म देख्‍नुहुन्‍छ, र उहाँले आकाशमुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्‍छ। जब परमेश्‍वरले बतासलाई शक्ति दिनुभयो, र समुद्रको सिमाना बाँधिदिनुभयो, जब उहाँले वृष्‍टिको हद तोकिदिनुभयो, र बिजुली बज्रको मार्ग तोकिदिनुभयो। त्‍यस बेला उहाँले बुद्धिलाई देखेर त्‍यसलाई जाँच्‍नुभयो। उहाँले त्‍यसलाई विचार गर्नुभयो, र त्‍यसको भेद बुझ्‍नुभयो। अनि उहाँले मानिसलाई भन्‍नुभयो, परमेश्‍वरको डर नै बुद्धि हो र दुष्‍टताबाट अलग रहनु समझशक्ति हो।”