तब परमप्रभुले शैतानलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्योजस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। विनाकारण त्यसलाई नाश गर्नलाई तैंले मलाई उस्काइस्। तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन।” शैतानले परमप्रभुलाई जवाफ दियो, “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएका सबै कुरा दिँदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्नेछन्।” तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसो भए त्यो तेरो हातमा छ। तर त्यसको ज्यानचाहिँ छोड़िदे।” तब शैतान परमप्रभुको सामुन्नेबाट निस्क्यो। त्यसले अय्यूबको पैतालादेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जाइदियो। खरानीमा बसेर कन्याउनलाई तिनले एउटा फुटेको माटोका भाँड़ाको टुक्रा लिए। तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं आफ्नो निष्ठामा अझै अड़ी नै रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्।”
अय्यूब 2 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 2:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू