अय्‍यूब 12:7-10

अय्‍यूब 12:7-10 NNRV

“तर गएर पशुलाई सोध्‍नुहोस्‌ र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्, अथवा पृथ्‍वीसित बोल्‍नुहोस्, र त्‍यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्‌। परमेश्‍वरको आफ्‍नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैमध्‍येबाट कसले जान्‍दैन र? जीवितहरू सबैका प्राण, सबै मानिस-जातिका आत्‍मा परमेश्‍वरकै हातमा छ।