अय्‍यूब 10:1-7

अय्‍यूब 10:1-7 NNRV

“मेरो जीवनलाई नै म घृणा गर्दछु। यसर्थ मेरो दु:ख नरोकी म पोखाउनेछु, र म मेरो मनको पीरमा बोल्‍नेछु, म परमेश्‍वरलाई भन्‍नेछु: मलाई दोषी नठहराउनुहोस्, तर मेरो विरुद्धमा भएका तपाईंका अभियोग मलाई बताइदिनुहोस्, के तपाईं आफ्‍नो सारा हातका कामलाई तुच्‍छ ठानी ममाथि अत्‍याचार गर्न खुशी हुनुहुन्‍छ, जब कि दुष्‍टहरूको योजनामा हाँस्‍नुहुन्‍छ। के तपाईंका मानिसका जस्‍ता आँखा छन्‌? के तपाईं मरणशील मानिसझैँ देख्‍नुहुन्‍छ? के तपाईंका दिन मरणशील मानिसका जस्‍तै छन्‌? अथवा तपाईंको आयु मानिसको जस्‍तै छ? र तपाईं ममा दोष खोज्‍नुहुन्‍छ, र मेरा पापको खोजपत्ता गर्नुहुन्‍छ? यद्यपि म निर्दोष छु अनि तपाईंको हातबाट कसैले मलाई बचाउन सक्‍दैन भनी तपाईं जान्‍नुहुन्‍छ।