एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।” शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?” के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढ़ेका छन्। तर आफ्नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनले तपाईंलाई तपाईंकै मुखको सामुन्ने सराप्नेछन्। तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसकहाँ जे-जति छन्, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।” तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।
अय्यूब 1 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 1:6-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू