यूहन्‍ना 8:56-59

यूहन्‍ना 8:56-59 NNRV

तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्‍नलाई प्रफुल्‍लित भएका थिए, र तिनले देखे अनि रमाए।” यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, अब्राहाम हुनुभन्‍दा अघिबाटै म छँदैछु।” तब तिनीहरूले उहाँलाई हान्‍न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्‍दिरबाट बाहिर निस्‍किजानुभयो।