येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट निस्किआएँ। म आफ्नै इच्छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो। म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने, किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ। तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ।” यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?” येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिनँ, एक जना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ।
यूहन्ना 8 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 8:42-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू