यूहन्‍ना 8:28-29

यूहन्‍ना 8:28-29 NNRV

यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्‍नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्‍नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्‍दछु भनी जान्‍नेछौ। मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ। उहाँले मलाई एकलै छोड्‌नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्‍याउने काम गर्दछु।”