अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन। यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।”
यूहन्ना 7 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 7:37-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू