यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्? हेर, यिनी त खुल्लमखुल्ला बोलिरहेछन्, तर तिनीहरू यिनलाई केही भन्दैनन्! के यिनी नै ख्रीष्ट हुन् भन्ने धर्म-गुरुहरूले साँच्चै थाहा पाए? तर हामी जान्दछौं, यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रीष्ट देखा पर्नुहुन्छ, उहाँ कहाँका हुनुहुन्छ कसैले थाहा पाउनेछैन।” तब येशूले मन्दिरमा सिकाउनुहुँदा, उहाँले उच्च स्वरले भन्नुभयो, “तिमीहरू मलाई चिन्छौ, र म कहाँबाट आएको हुँ, त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
यूहन्ना 7 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 7:25-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू