यूहन्‍ना 7:2-9

यूहन्‍ना 7:2-9 NNRV

अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो। यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्‌। जुन मानिसले ख्‍याति प्राप्‍त गर्न चाहन्‍छ, त्‍यसले गुप्‍तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्‍छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्‌।” किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्‍ति त सबै समय उपयुक्त छ। संसारले तिमीहरूलाई घृणा गर्न सक्‍दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्‍यसका कामहरू दुष्‍ट छन्‌ भनी म गवाही दिन्‍छु। तिमीहरू यस चाड़मा जाओ। म यस चाड़मा जान्‍नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।” तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।