यूहन्‍ना 7:11-13

यूहन्‍ना 7:11-13 NNRV

चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्‌?” भनी सोध्‍दैथिए। भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्‍यो। कोही भन्‍थे, “उनी असल छन्‌।” अरूले भन्‍थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।” तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्‍लमखुल्‍ला बोल्‍दैनथिए।