यूहन्‍ना 7:10-17

यूहन्‍ना 7:10-17 NNRV

तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा जानुभयो। चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्‌?” भनी सोध्‍दैथिए। भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्‍यो। कोही भन्‍थे, “उनी असल छन्‌।” अरूले भन्‍थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।” तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्‍लमखुल्‍ला बोल्‍दैनथिए। चाड़को बीचमा येशू मन्‍दिरभित्र पस्‍नुभयो, र शिक्षा दिनुभयो। यहूदीहरूले अचम्‍म मान्‍दै यसो भने, “कुनै अध्‍ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?” तब येशूले जवाफ दिई तिनीहरूलाई भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो। यदि कुनै मानिसले परमेश्‍वरको इच्‍छा पालन गर्न चाहन्‍छ भने, मेरो शिक्षा परमेश्‍वरतर्फबाट हो, कि मेरो आफ्‍नै तर्फबाट हो सो उसले जान्‍नेछ।