यूहन्‍ना 6:47-51

यूहन्‍ना 6:47-51 NNRV

साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले विश्‍वास गर्छ त्‍यससित अनन्‍त जीवन छ। म जीवनको रोटी हुँ। तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्‍थानमा मन्‍न खाए तापनि तिनीहरू मरेर गए। स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन। स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”