यूहन्‍ना 6:37-40

यूहन्‍ना 6:37-40 NNRV

पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्‍याग्‍नेछैनँ। आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्‍छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्‍ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्‍त्‍यको दिनमा जीवित पारूँ। किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”