येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।” तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ। आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ। किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।”
यूहन्ना 6 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:32-40
९ दिन
गोलमालको यस परिस्थितिमा ख्रीष्टलाई अझ बढी चिन्न रोज्नुहोस् र अनिश्चित समयमा डरमाथि विश्वास रोज्नुहोस्। हरेक दिन जस्तोसुकै अवस्था भए तापनि यस पाठलाई अध्ययन गर्दै जाँदा भविष्यमा तपाईँ निर्धक्क साथ कदम चाल्नुहुनेछ भनी हामी आशा राख्दछौँ।
10 दिन
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू