यूहन्‍ना 6:1-6

यूहन्‍ना 6:1-6 NNRV

यी कुरापछि येशू गालील, अर्थात्‌ तिबेरियास समुद्रको पारिपट्टि जानुभयो। अनि एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्‍हहरू तिनीहरूले देखेका थिए। येशू डाँड़ामाथि जानुभयो, र आफ्‍ना चेलाहरूसँग त्‍यहाँ बस्‍नुभयो। यहूदीहरूको चाड, अर्थात्‌ निस्‍तार-चाड नजिक थियो। तब येशूले आफ्‍ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्‍नुभयो, “यिनीहरूलाई खुवाउनका निम्‍ति हामीहरूले कहाँबाट रोटी किन्‍ने?” उहाँले तिनको जाँच गर्नलाई यो भन्‍नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्‍नुभएको थियो, सो उहाँलाई थाहा थियो।