यूहन्‍ना 5:6-9

यूहन्‍ना 5:6-9 NNRV

येशूले त्‍यसलाई त्‍यहाँ पस्रिरहेको देख्‍नुभयो अनि लामो समयदेखि त्‍यो यस दशामा रहेछ भनी जानेर येशूले त्‍यसलाई भन्‍नुभयो, “के तिमी निको हुन चाहन्‍छौ?” रोगीले उहाँलाई भन्‍यो, “हजूर, जुन बेला पानी छचल्‍काइन्‍छ मलाई जलकुण्‍डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्‍दा अगाडि अर्को मान्‍छे पानीमा ओर्लिहाल्‍छ।” येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो। त्‍यो दिन शबाथ-दिन थियो।

यूहन्‍ना 5:6-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति