यसकारण निको पारिएको त्यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन।” त्यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो, ‘आफ्नो ओछ्यान बोकेर हिँड़’।” तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड़ भन्ने मानिस को हो?” तर निको भएको त्यस मानिसले उहाँ को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो। त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्।” उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।
यूहन्ना 5 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:10-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू