र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।” येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!”
यूहन्ना 4 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 4:5-14
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू