यूहन्‍ना 4:39-42

यूहन्‍ना 4:39-42 NNRV

“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्‍ने त्‍यस स्‍त्रीको गवाहीले गर्दा त्‍यस नगरका सामरीहरूमध्‍ये धेरैले उहाँमाथि विश्‍वास गरे। यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न बिन्‍ती गरे, र उहाँ दुई दिन त्‍यहाँ बस्‍नुभयो। अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्‍वास गरे। त्‍यस स्‍त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्‍वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्‍चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्‍छ भनी हामीले जानेका छौं।”